Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

जीवनी (तसलिमा नसरिना)

‘मलाई मारेमा उनीहरुले केही पैसा पाउने स्वर्गको बाटो खोल्ने उनीहरुको विश्वास  छ ।’
हो, सन् १९९३ देखि उनका विरुद्धमा फतवा जारी भइरहेको थियो । उनी धार्मिककट्टरताका विरुद्धमा लेख्छिन् । उनी अतिवादको विरुद्धमा लेख्छिन् । उनी धर्मको नाममा कुनै पनि अमानवीय व्यवहार सहेर बस्दिनन् । त्यसैले मानवताका बारेमा लेख्छिन् । त्यैले उनलाई मृत्युदेखि डर लाग्दैन, फतवादेखि डर लाग्दैन ।
हो, मृत्युदेखि नडराउने उनै लेखिका हुन्, तसलिमा नसरिन, तसलिमा नसरिन । तसलिमा नसरिनको जन्म बङ्गलादेशको मयमहिंसामा एक कट्टरपन्थी मुस्लिम परिवारमा भयो । उनका पिता डाक्टर थिए । उनी सानैदेखि विद्रोही स्वभावकी थिइन् । नारीलाई बुर्काभित्र कैद गर्ने कट्टरपन्थी विचार र नारी अस्मितालाई पशुस“ग तुलना गर्ने प्रवृत्तिले उनमा विद्रोहको भावना जन्मायो । १५ वर्षको उमेरदेखि उनले आफ्ना असन्तुष्ट भावनालाई ‘सेन्जुती’ मत्रिका मार्फत प्रस्तुत गर्न थालिन् ।
सन् १९८४ मा मयसिंह केडिकल कलेजबाट डाक्टरी पास गरिन् । त्यसपछि केही वर्षसम्म सरकारी अस्पतालमा चिकित्सक भई काम गर्न थालिन् । विद्यार्थी जीवनदेखि लेखनमा लागेकी नसरिनले २४ वर्षको उमेरमा ‘सिकोरे विपुल खुदा’ भन्ने कवितासङ्ग्रह निकालिन् । सन् १९९३ मा उनले ७ दिनमै ‘लज्जा’ उपन्यास लेखेर प्रकाशित गरिन् । त्यसले उनलाई चर्चित बनायो बङ्गलादेशको कट्टरपन्थी अदालतले उनलाई पक्राउपुर्जी जारी गर्‍यो । मुसलवानहरुले उनलाई ज्यानमार्ने धम्की दिए ।
उनलाई धर्म द्रोहीर अपराधी घोषणा गरियो । उनको ‘लज्जा’ ६० हजार भन्दा बढी बिक्यो । संसारभर उनी चर्चाको विषय बनिन् ।
सन् १९९४ मा उनी अदालतमा उपस्थित भइन् र जमानतमा छुटिन् । त्यसपछि उनी स्वीडेनमा निर्वासीत भइन् । मुसलमान कट्टरपन्थीहरुले उनलाई धर्म विरोधी अपराधी घोषणा गरे । तर उनले कलम रोकिनन् । कट्टरपन्थी मुसलवानहरुले उनको ज्यान मार्ने धम्की दिए र कुरानको अपमान गरेको भनी मुद्दा चलाए ।
सन् १९९८ मा आमाको मृत्युसंस्कार गर्न उनी स्वदेश फर्किन् । चरित्रहीनकी आमा भएको आरापमा केही मुसलवानहरु अन्तिम संस्कारमा समेत सामेल भएनन् ।
‘लज्जा’ इस्लामी अनुदारवादका विरुद्धमा छेडिएको कलमको सशक्त सङ्र्घर्ष हो । उनी भन्छिन्,  ‘धर्मको अर्को नाम मानवता हो ।’ उनका चर्चित कविताकृतिहरुमा ‘हगर इन द......’(१९८६),‘केटिहरुको खेल’ (१९९२), ‘वाटर लिलिज’ (२००), ‘शुन्यता अनुभव’ (२००१)आदि मुख्य छन् ।      त्यसैगरी निवन्धसंग्रहमा ‘छनोट पङ्क्ति’      (१९९१), ‘दर्दको कथा’ (१९९४) आदि छन् । उनका ‘आइमाईका हकमा’, ‘लज्जा’, ‘फ्रन्सेली प्रेमी’, ‘विग्रेकी केटी’, ‘फेरा’ जस्ता कृति विभिन्न भाषामा एवम् अनुदित छन् ।
विश्वचर्चित तर आफ्नै देशबाट लखेटिएकी र ‘द फिमेल सलमान रुस्दीको’ उपनामबाट सम्मानित नसरिनले ‘आनन्द पुरस्कारँ (भारत, १९९२), ‘फेमिनिष्ट अफ द इगर’(१९९४) जस्ता सम्मान एवम् पुस्कार प्राप्त गरेकी छिन् ।
धार्मिक कट्टरबादीहरुले ‘तसलिमालाई झुड्याऊ’ भन्दै सडक तताए । तिनीहरुले उनको टाउकोको पुल्य ५० हजार टाका तोके । ‘माफी माग्नुपर्छ’ भन्ने आवाजको प्रत्युत्तरमा उनले भनिन्, ‘कुनै गल्ती गरेकै छैन भने मैले किन माफी माग्ने -’ उनी भन्छिन्, ‘म स्वतन्त्रता चाहान्छु । यो देश मेरो पनि हो । त्यहाँ रहन पाउनु मेरो पनि अधिकार हो । ३० लाख मानिसहरु सहिद भएर स्वतन्त्र भएको बङ्गलादेशमा एकल धार्मिक कट्टरताको हुकुम चल्नु भनेको बलिदानमाथि विश्वसघाट हुने छ ।’
एक निडर, साहसी, विद्रोही नारी, जसले परम्परागत अन्धविश्वाषको कालो पर्दा च्यातचुत पारिन् । उनले मानवताको धर्मयुद्ध छेडिन् । उनी अझै युद्ध लड्दै छिन् ।     त्यसैले भन्छिन् ‘रक्षाकवच नहुने हो भने महाभारत, रामायण, बाइबल र कुरानमाथि पनि प्रतिबन्ध लगाउनुपर्छ’ ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more