Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

रोचक जानकारी

१) प्रकृतिक थर्मोमिटर चरोः- स्ट्रेलीयामा पाइने मैली नामक चराको जिव्रोमा ताप नाप्ने प्रकृतिक थर्मोमिटर हुन्छ । यसले आफ्ना फुल (अण्डम) पार्दा कुहिन लागेका पातपतिङ्गरहरुले भरिएको रुखको टोड्कामा लगेर पार्छ । किनकि उक्त कुहिन लागेका वनस्पतिबाट तातो ताप निस्कने गर्छ । सो मैली चराले अन्डाहरु कोरल्नलायक गरी तात्दै छन् कि छैनन् भनेर नियमित रुपमा आफ्नो जिव्रोले जाँच गरिरहन्छ ।

२) लासद्धारा कुस्तीमा जित हासिलः- एकजना प्रसिद्ध युनानी पहलमान्  एरैसियनको एउटा कुस्ती प्रतियोगितामा मृत्युपश्चात् उक्त लासलाई नै सो कुस्तीको विजयी मानिएको थियो । उक्त कुस्तीमा नुनै पनि प्रकारको चाल र कहीँ पनि समाउन मनाही थिएन । त्यसमा प्रतिद्धन्द्धीद्धारा उसका घाँटीमा यति            बलियोसँग समाइएको थियो कि एरैसियनको सास च्यापिँदै गइरहेको थियो । त्यसै समयमा एरैसियनले आफ्नो प्रतिस्प्रर्धीको खुट्टामा अन्तिमपटक यति जोडले हिर्कायो कि उसले त्यसबेल प्रचलित आत्मसमर्पणको परम्परागत तरिकाअनुसार एरैसियनको काँध थपथपायो । तत्पश्चात् तुरुन्त नै एरैसियनको मृत्यु भयो र ढल्यो । तर जजहरुले उक्त मृत लासलाई नै सो कुस्तीको विजेता घोषित गरे ।

३) एक घण्टामा १० पाउन्ड तौल बढ्ने प्राणीः- ब्लू ह्वेल नामक ह्वेल माछाको शिशुअवस्थामा १० पाउन्ड प्रतिघण्टाका दरले तौल बढ्छ । यसरी सुरु अवस्थामा यसको तौल प्रतिदिन २४० पौन्ड जति बढ्दछ ।

४)अकाट्य आदेशवाला उल्लूः- दक्षिण अमेरिकामा पाइने एउटा उल्लू (लाटोकोसेरो) को नाम क्याबुर हो । यो उल्लूहरुमा सबभन्दा सानो जातिको हो । यो उल्लू जतिसुकै सानो भए पनि यसको बोली अन्य पन्छीहरुका लागि नमानी नहुने आदेश हो । यसको बोलीद्धारा गरिएको मुकार जुनसुकै पन्छीले सुने पनि      सुन्नेवाला प्रत्येक पन्छी उल्लूसँग आउन    पुग्छ र उसको सिकार बन्दछ ।आयसक्रिम फल इक्वेडरमा पाइने एउटा फलको नाम   चिरिमोया हो । यसलाई एउटा प्राकृतिक आइसक्रिमको कटौराका रुपमा पनि लिन सकिन्छ, त्यो पनि मिक्स फुट आइसक्रिमका रुपमा । यसको गुदी चम्चाले निकालेर खाइन्छ, जुन तीन प्रकारको स्वादिस्ट एवम् गुगन्धित स्वादहरुको मिश्रण हुन्ट , पाइनापल, स्ट्राबरी र केरा ।

५)छपटक मर्ने सैनिक जर्नेलः- फ्रान्सिसी सेनाका एकजना जर्नेल बैपतिस्ते डि मान्टमरिन थिए । उनी पाँचपटकसम्म युद्धस्थलमा मृत घोषित गरिए । तर अन्त्येष्टिका लागि गाड्न लाग्दा उनी प्रत्येकपटक ब्युँते । उनले कुल ५५ वर्ष फ्रान्सिसी सेनामा सेवा गरे । सन् १७०४ मा जन्मिएका उनी छैटौँ पटक साँच्चै मरे । त्यस बखत उनको उमेर ७५ वर्ष थियो ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more