Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

व्यवसायी दम्पतीको घटना घटाउनु अघिका योजना

apradiमिति २०६७/०२/२५-२६ गते तिर भारतको नौतुनाको रेलवे स्टेशनमा भोलेवावा भन्ने शम्भु गौतमसँग शम्भुका बालसाखा निम बहादुर थापा तथा श्याम प्रसाद वि.क को भेट भएको । 
मिति २०६७/०२/३१ गते भारतमा बस्दै गरेको अर्जुन गौतमले रूपन्देहीका केही  मानिसहरूको सम्पर्क नम्बर लिई बुटवल आएको र साथी भाईको घर हुदै बुटवल ११ नयाँ बस पार्क पछाडी रहेको न्यु दर्शन होटलको कोठा नं १०३ मा सम्पर्कका साथीहरू पुरन भन्ने पूर्ण बहादुर श्रीस मगर, निम प्रसाद थापा र श्याम प्रसाद वि.क सँगै बसी सोही समय कमाइको लागि केही गर्नु पर्‍यो भनी सरसल्लाह समेत गरेको ।    
मिति २०६७/०३/०२ गते अर्जुन गौतम, पुरन श्रीस, राजु गलामी सोही होटलमा बसी मिलनचोक स्थित आई.एम.इ नामक संस्था,बुटवल ८ मा अवस्थित ज्ञवाली हुण्डी तथा इन्भेष्टमेन्ट बैंक लुटनको लागि रेकी समेत गरी योजना बनाई साँझ १७  बजे तिर अर्जुन गौतम र निम प्रसाद थापा लु ७ प ५८२२ नं को मो.सा मा लोकेसन हेर्न गएका ।
मिति २०६७/०३/०३ गते सबै जना सोही होटलमा बसी श्याम प्रसाद वि.क र निम प्रसाद थापा पुन आई.एम.इ हेर्न गएको र त्यस रात सबै सँग त्यही बसेको ।
मिति २०६७/०३/०५ गते लु ७ प ५८२२ नम्बरको कालो पल्सर लिएर निम प्रसाद र श्याम प्रसाद विक शम्भु गौतम भन्ने भोलेबाबालाई लिन भातको नौतुना गई भोलेबाबालाई ल्याई सोही न्यूदर्शन होटलमा बसेका ।
मिति २०६७/०३/०६ गते श्याम विक र पुरन भन्ने पुर्ण बहादुर थापा लु ७ प ५८२२ नम्बरको मो.सा. मा बसी १३ बजे को समयमा वि.पी चोक स्थित इन्भेष्टमेन्ट बैंक अवलोकन गर्न गएका ।
मिति २०६७/०३/०७ गते भोलेबाबा, श्याम वि.क र निम प्रसाद थापा आई.एम.इ लुटन भनी गएका तर सोमबारको दिन मानिसहरूको चहलपल नभएको हुँदा पछि लुटने भनी भोलाबाबाले पछि लुटने भने पछि फर्की गएका ।
तयारी (हतियारको वाडफाड, सवारीमा नक्कली नम्बर प्लेट टाँस)
मिति २०६७/०३/०९ गते सबै जना बुटवल १३ देविनगर रंगशाला पछाडी गई लु ७ प ५८२२ नं को मो.सा. मा लु ७ प ५७२३ को नक्कली नम्बर प्लेट राखी, आई.एम.इ लुटन जानको लागि कालिकानगरको एकान्त ठाउँमा गई झोलामा रहेका हतियार मध्य एक नाल भोलेबाबा भन्ने शम्भु गौतमले,एक नाल अर्जुन गौतमले र एक नाल पुरन भन्ने पुर्ण बहादुर श्रीस मगरले लिई नक्कली नम्बर प्लेट लु ७ प ५७२३ नम्बरको कालो पल्सर मोटरसाइकलमा भोलेबाबा र निम प्रसाद थापा लु ४ प ७०१७ नम्बरको डिस्कभर मोटरसाइकलमा श्याम प्रसाद वि.क, अर्जुन गौतम र पुरन भन्ने पुर्ण बहादुर श्रीस मगर भई मिलनचोक अगाडी रहेको आई.एम.इ मा गएका, भोलेबाबा र निम प्रसाद थापा बाटोमा बसेका श्याम प्रसाद वि.क गेट भित्र प्रवेश गरेको, पुरन भन्ने पुर्ण बहादुर श्रीस र अर्जुन गौतम गेट नजिकै पुगेको अवस्थामा पुरन भन्ने पुर्ण बहादुर श्रीस मगर र उक्त डिस्कभर मोटरसाइकल स्र्टार्ट गरी भागे पछी सबै जना फर्की मिलनचोकको झुपडी होटलमा अगाडी आई जम्मा भएका ।
पुरन भन्ने पुर्ण बहादुर श्रीस मगर आफु अन्यत्र नजाने भनी मोटरसाइकल चाबी श्याम प्रसाद वि.क.लाई दिई आफ्नो साथमा रहेको हतियार सहित लुम्बिनी पिस रेष्टुरेन्टमा गई सुतेको -उक्त हतियार हाल बरामद भई सकेको)
दिनको अं.१३:३० बजे तिर अर्जुन गौतमले फोन गरी हाल निम प्रसाद थापा र वि.क बाट फोटो सनाखत भएको आफ्नै सहोदर दाजु अं वर्ष २३/२४ को कृष्ण गौतमलाई फोन गरी तुरून्त आउछ भनी भोलेबाबालाई रिपोर्ट गरेको ।
केही समयमा उक्त मोटरसाइकलमा श्याम प्रसाद वि.क, अर्जुन गौतम र अर्जुन गौतमले फोन गरी बोलाएको आफ्नै सहोदर दाजु कृष्ण गौतम ३ जना मैनावगरमा लु ४ प ७०१७ नम्बरको मोटरसाइकलमा गई सबै जना भेट भएका ।
पाँचै जना मैनावगरमा भेट भए पश्चात सरसल्लाहा गर्दा निम प्रसाद थापा र भोलेबाबाले लुटपाट गर्न जान इन्कार गरेको कारण अर्जुन गौतम रिसाएको, त्यसपछी भोलेबाबाले लिएको हतियार अर्जुन गौतमलाई र अर्जुन गौतमको हतियार आफ्नो दाजु कृष्ण गौतमलाई दिएको ।
मतमतान्तर पश्चात निम प्रसाद थापा निजहरूसँग नआई पाखापानी बाटोतर्फलागेको, नक्कली नम्बर लु ७ प ५७२३ नम्बरको मोटर साइकलमा भोलेबाबा र अर्जुन गौतम, लु ४ प ७०१७ नम्बरको मोटरसाइकलमा श्याम प्रसाद वि.क र कृष्ण गौतम गल्ला मण्डीमा जाने भनी अन्दाजी दिनको १४:४५ बजे मैनाबगरबाट हिंडेका ।
मिति २०६७/०३/०९ गते अ.१५:१५ बजेको समयमा उल्लेखीत व्यक्तिहरू जि.रू.बु.न.पा. ६ जेसिस चोक स्थित विष्णु भण्डारी स्टोर्सलाई दुवै मोटरसाईकलमा गएका उक्त व्यक्तिहरूले मोटरसाईकल चक्कर घुमाई रेक्की गरी आफूहरूलाई भाग्न सुरक्षित हुने गरी लु ७ प ५७२३ नम्बरको मोटरसाईकल भोलेबाबा भन्ने शम्भु गौतमले उत्तर फर्काएर सोही नजिकै रहेको वि.एण्ड.वि.साईबर र उक्त दुकानको बीच पर्ने बाटोमा र लु ४ प ७०१७ नम्बरको को डिस्कभर मोटरसाईकल श्याम प्रसाद वि.क.ले दक्षिण फर्काई आफूहरू स्टेयरिङमै बसी मोटरसाइकल रोकी दुबै मोटरसाइकलमा पछाडी बसेका अर्जुन गौतम र कृष्ण गौतम मोटरसाईकलबाट झरी विष्णु भण्डारी स्टोर्समा भित्र  प्रवेश गरी पेस्तोल देखाई काउण्टरको चाबी मागेकोमा मृतक रमेश भण्डारीले चाबी दिन इन्कार गरेको, आशा भण्डारीले तपाइहरूले के गर्न खोज्नु भएको हो - भने पछि अर्जुन गौतमले एक्कासी दुई राउण्ड आशा भण्डारीलाई र दुई राउण्ड रमेश भण्डारीलाई हानेको, गोलीको आवाज सुनेपछि आफू असुरक्षित भएको महसुस गरी श्याम प्रसाद वि.क आफु चढेको लु ४ प नम्बरको डिस्कभर मोटरसाइकल लिइ घटनास्थलबाट दक्षिण तर्फभागेको ।
अर्जुन गौतम र कृष्ण गौतमले विष्णु भण्डारी स्टोर्सको काउण्टरमा भएको केही नगद हतारमा हरे राम लेखेको गम्छामा पोको पारी केही रूपैयाँ बाटोमा खसाल्दै भोलेबाबाले चलाएको लु ७ प ५७२३ नम्बरको मोटरसाइकल तिनै जना चढी भागेका ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2797

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more