Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

रामबहादुर श्रेष्ठको ‘जिन्दगीका प्रयासहरु’ भित्र पस्दा

User Rating: / 0
PoorBest 
"जिन्दगीका प्रयासहरु" (गद्य कविताहरुको संग्रह) भित्र आफ्नै कुरामा कवि रामबहादुर श्रेष्ठ लेख्छन् - "विद्या मन्दिर हाईस्कूल बागलुङ्गमा प्रत्येक शुक्रवार आधा दिन छुट्टिको समय साहित्य गोष्ठी हुने गर्दथ्यो ।
त्यस बेला म कक्षा ६ मा पढ्दथ्यें । अरुले कथा कविता वाचन गर्दा मलाई पनि रहर लाग्यो । तर कसरी लेख्ने कथा कविता - जानी नजानी यौटा बाल कविता लेखें र वाचन गरें । त्यसपछि आयोजकले मसंग कविता माग्न थाले र मैले त्यसको लागि कविता रचना गर्नै पर्ने बाध्यता पर्‍यो र रचना रच्ने कार्य शुरु गरें ।"
यसरी स्कूले जीवनदेखि कविता लेख्न शुरु गरेका रामबहादुर श्रेष्ठ अस्तव्यस्त देश, सामाजिक, आर्थिक विश्रृङ्खलमा, विकृत राजनीति जीवनका तीता भोगाई आदिबाट मर्माहत भएर जिन्दगी यापनको लागि जागिरे भएर जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ उनले देखे भोगेको विषयमा कविता कोरे । यसरी २०३६ देखि २०६२ सम्म पोखरा, बुटवल, परासी, बागलुङ्ग, जलेश्वर तथा भैरहवा बसेर लेखिएका २१ वटा कविताहरु "जिन्दगीका प्रयासहरु" मा समेटिएका छन् ।
२०३६ मा लेखिएको मुस्कान (२०३७) मा छापिएको संग्रहको पहिलो कविता अझै बसन्त आयो रे १ भ्रमको खेती गर्न खप्पीस तत्कालीन अधिनायकवादीका मतियारहरु प्रति घृणा र व्यङ्ग्य छ । भ्रमको खेती कति दिन चल्छ र ?
पालुवा नपलाईकन    
निःसहाय
रुख विरुवा ढलि सके    त्यसै
त्यसै तेर्सिएको देख्दा देख्दै
कसैको चुल्होको खरानीमा    
अझै बसन्त आयो रे ... !
कसैको काठ मिलको चिरानीमा
आफैं माथि आस्था र विश्वास नभएका हामी सधैं पराईको भरमा बाँची रहेका छौं । त्यसैले हामी नाचे हुन्छ अरुको तालमा (२०३८) कवि रामबहादुर लेख्छन् -
गीत र सङ्गीत नमिले पनि
केवल नाच्न जन्मेका हामी
नाचि देऔं १
जीवन मृत्यु (२०३६)- यो कविता संग्रहको छुट्टै किसिमको कविता हो । मृत्यु पछि पूनरजन्म हुन्छ भन्ने हिन्दु धर्मको मान्यताको वकालत गरेको छ यो कविताले । यद्यपी महात्मा बुद्धका अनुसार तृष्णानै पूनरजन्मको कारण हो । तृष्णा त्यागेमा पूनरजन्म हुँदैन ।
मेरा बेमतलबका कविता (२०४०) मा पैसामा अड्केको हाम्रो समाजमा गरिबहरु हेपिने र ती गरिबका सुकृतिहरु (कविताहरु) कति तुच्छ हुन्छ भनि देखाइएको छ ।
तीन छोटा कविता (२०४१) मा कविले तृष्णा मा माया र प्रितिका कुरा, महंगीमा अभाव र दरिद्रताका कुरा र उत्तरदायित्वमा हाकिमका कुरा पोख्नु भएको छ ।
घण्टी बजाउनु हुन्छ हाकिम साहेब    अनायास उ आएर भन्छ
त्यो घण्टीको आवाज म सुन्छु    मलाई त बोलाइएको होइन रहेछ
म चाहीँ पिउन पठाउँछु    तपाईलाई पो बोलाइएको रहेछ ।
एउटा सुन्दर घर बनाउनै पर्छ मैले (२०४३)- यस कवितामा कविले निरन्तर संर्घषरत जिन्दगीमा शान्तिको आवश्यकता महसुस गरेर घरलाई शान्तिको प्रतीक बनाएर हामी सबै नेपालीहरु मिलेर शान्तसंग रहन बस्न देशलाई यौटा सुन्दर घरको रुपमा बदल्नु पर्ने भावना व्यक्त गरेका छन् ।
जिन्दगीः एक ठेला गाडी (२०४६ जलेश्वर)-यसमा कविले आफ्नो जागिरे जीवनको व्यथा पोखेका   छन् । सरुवाको नाममा सोझा, इमान्दार कर्मचारीहरु माथि हुने दमनको नमुना हो यो कविता । बागलुङ्गको मान्छेलाई महोत्तरीमा सरुवा हुँदा परेको मर्का कवि रामबहादुरले जीवन्त रुपमा प्रस्तुत गरेका छन् -
जिन्दगी जसले जहाँ गुडायो
बोझै बोझले थिचिएर उहीं गुड्नु पर्ने
सडक सडकमा एक ठेला गाडी ।
उ शहर गा’ छैन (२०५२) - २०४६ को जनआन्दोलन पछि देशमा देखापरेको छक्कापँजाको राजनीतिमाथि व्यङ्ग्य गरिएको कविता हो । ग्रामिण नेपाली समाजको यथार्थ चित्रण हो यो -
उसले धानले नुन साट्छ    बसेको मान्छे उ
चामलले मट्टतितेल साट्छ    विजुलीको रोशनी कस्तो हुन्छ
टुकीको धमिलो प्रकाशमा
थाहा छैन
रमाएर जीवन व्यतीत गरेर    किनकी - उ शहर गा’ छैन ।
स्वदेशको माया (२०५३)- तीन टुवामा विभाजित यो कवितामा देशप्रति कविको माया छताछुल्ल भएर बहेको छ । स्वदेशको भक्ति गान हो यो कविता ।
खबरदार विधवा भन्न पाइँदैन (२०५६) - विधवा नारीहरुप्रति     समाजको अपहेलनाको ठाडो प्रतिकारमा लेखिएको कविता हो । यही अपहेलना-ताड्नाको विरोध स्वरुप हाल चेतनशील समूहले विधवाहरुलाई ‘रातो टीका र     पहिरन’ उपहार दिइने अनुकरणीय कार्य भईरहेको छ -
उ संगैका
नन्द/भाउजु/देउरानी जस्तै
मन फुकाएर
तीज चार्डपर्व नाच्न पाउनु पर्छ ।
बनचरी (२०५७) - यस कवितामा कविले देशको राजनीति सम्बन्धमा मैनाचरी, कोइली, ढुकुर, जुरेली जस्ता सरल तथा काग, गिद्ध र लाटोकोसेरो जस्ता भक्षक पक्षीहरुको प्रतिकात्मक रुपमा उल्लेख गरेका छन् ।
लाटोकोसेरोलाई सूर्य मन पर्दैन (२०५८)- यस कवितामा कवि रामबहादुरले तत्कालीन नेपाली राजनीतिका यथास्थितिवादी नेताहरुलाई लाटोकोसेरोको संज्ञा दिएका छन् । जसले सूर्य याने उज्यालो जहाँ अन्धकार हुँदैन त्यहाँ अपराध हुँदैन । उज्यालोको अर्थ ज्ञान हो । अन्धकारको अर्थ अज्ञान हो । अन्धकारमा लाटोकोसेरोको मनपरी नभएर अरु कसको हुन्छ - कविता मिठो छ ।
उसको-रातमा आफ्नै संसार छ
आफ्नै जीवन छ
यसैले
उसलाई सूर्योदय मन पर्दैन
दिउँसो मन पर्दैन ।
आफ्नै विरुद्धको युद्ध (२०५९) - देशमा चलेको जनयुद्धताकाको विभत्सतालाई लिएर लेखिएको कविता हो यो । नेपालीले नेपालीलाई मार्ने अर्थात आफै विरुद्धको युद्ध हो- कवि रामबहादुर यस कवितामा व्यक्त गर्दछन् ।
न जल्न छोड्छन् अवसानका चिताहरु (२०६१)-यस कवितामा कवि रामबहादुरले युद्धले देश, जनता त्रस्त भएको यथार्थ व्यक्त गरेका छन् र यस्ता युद्ध छाड्नु पर्ने भावना पोखेका छन् -
नबनाउ भयो अब
अनाथ र अदनाहरु
अति भयो अब
छोडिदेउ हिंसा र अशान्तिहरु
युद्ध र क्रान्तिहरु ।
तब लेख्छु कविता (२०६०) - चार टुक्रामा विभाजित यस कवितामा अतिनै अभावग्रस्त जिन्दगीको चित्रण गरिएको छ । दुई मुक्तक (२०६१) - पहिलो प्रतिगमनको विरोधमा - जे मन लाग्यो त्यही गर्नेहरुको विरोध गर्नु पर्ने भावना व्यक्त छ । दोश्रो शहीदमा देशको लागि मर्ने शहीदहरुको परिवारको बिचल्ली बारे लेखिएको छ । चङ्गा उडाउने रहर (२०६१) जस्तो सुकै अवरोधमा पनि आकाश जो स्वतन्त्रताको प्रतीक हो कवि रामबहादुर स्वतन्त्रता भित्र रमाउन चाहाने नेपालीहरुको मन आकाशमा चङ्गा उडाएर स्वतन्त्रताको अनुभूति गर्न चाहनेहरुको चित्रण गरेका छन् ।
दिउँ कसरी शुभ-कामना नव बर्ष (२०६२) द्वन्दले लथालिङ्ग पारेको नेपाली जीवन र अनाथ टुहुरा र विधवाहरुको वेदना भित्र नव बर्ष शुभकामना कसरी दिन सकिन्छ - र भनि कवि लेख्छन् तर कवितामा कवि आशावादी पनि छन् - हत्या हिंसा क्रान्तिको अन्त्यभै देशमा हरियाली छाउने आशा लिएका छन् ।
गृष्मऋतुलाई आमन्त्रण गरौं (२०६२) द्वन्दले देशको भविष्य अनिश्चित भईरहेको महसुस कविले गरेका छन् र आशा र विश्वास साथ भन्छन् -
अब प्रतीक्षाको घडी
प्रतिपल लामो भई सक्यो
आउ सबै मिली
बरु क्षितिजनै तताउन
गृष्मऋतुलाई आमन्त्रण गरौं ।
जिन्दगीका प्रयासहरु (२०६२)   संग्रहको शिर्षको यो कविता     वास्तवमा कवि रामबहादुर श्रेष्ठका आफ्नै निजी जीवनका भोगाईका यथार्थ चित्रण हुन । कवि रामबहादुर जस्ता थुप्रै जागिरे रामबहादुरहरुका कथा-व्यथाहरुसंग मिल्ने यो कवितामा सोझा इमान्दार नेपाली जागिरेहरुका जीवन्त कथा पोखिएकोछ । संग्रहको उत्तम कविता पनि हो यो -जागिरको पछिपछि लाग्ने हो कि    नकाटिएको झुस्स दार्‍हीजुंगा लिएर
जिन्दगीलाई भेट्टाउने प्रयास गर्ने हो    भत्कन लागेको
नियमित बनेर-सरुवा अघि सर्‍यो    जब पुग्छ-उही पुरानो घरको अगाडि आँगनमा
विरालोले बच्चा सारे जस्तो ......    ढोकामा उभिई तब -
आखिर रित्तो हात फर्केर लुरुलुरु    मलाई हेर्दै हाँसिरहेको थियो - जिन्दगी
चाउरिएको अनुहार    
एउटा रहर कोटको (२०६२) - यसमा पनि तीन टुक्राहरु समावेश छन् । पहिलो र दोश्रोमा सरल इमान्दार जागिरेको अभावग्रस्त जिन्दगी भित्र जागिरेले यौटा कोट पनि लगाउन नसकेको व्यथा पोखिएको छ भने तेस्रो टुक्रामा राजनीति गर्नेहरु देश जनता जे सुकै भए पनि आफूहरु मालामाल हुने तथ्य उजगार गरिएको छ ।
अन्तमा, वि.सं. २००७ साल जेष्ठ १२ गते बागलु· कम्पुटोलमा जन्मेर २०४८ सालदेखि रुपन्देही भैरहवामा बसोबास गर्दै आईरहेका कवि रामबहादुर श्रेष्ठ सानै उमेरदेखि कविता लेख्न शुरु गरे । कलिलै उमेरमा जागिर खाएका कवि रामबहादुर जागिरेको दौडानमा देशका विभिन्न क्षेत्रहरुमा घुमे ।
ती क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक, तीतो, टर्रो सबै बुझे । देशमा जागिर भित्रको नातावाद, कृपावादले सोझा र इमान्दार कर्मचारीहरुको दुदशा बुझे । यिनै सबैको अनुभवको संगालो हो "जिन्दगीका प्रयासहरु" ।
प्रसिद्ध समालोचक श्री बालकृष्ण भट्टराईज्यूद्वारा यस कविता संग्रहमा लेखिएको भूमिका-एकसिंहावलोक ‘जिन्दगीका प्रयासहरुमा’ राजनीतिक चेतना - सुनमा सुगन्ध भएको छ ।
कवि रामबहादुर श्रेष्ठको यस कविता संग्रह पछि अर्को कविता संग्रह आएको छ - अस्ताउन लागेको सुस्ता (२०६६) राम्रा कविताहरुको संग्रहहरुको लागि कवि रामबहादुर श्रेष्ठलाई शुभ-कामना ।
कृति (जिन्दगीका प्रयासहरु -गद्य कविताको संग्रह)

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2265

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more