Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

श्रीलङ्कामा बामे सर्दै वाम आन्दोलन

User Rating: / 0
PoorBest 
भेषराज अधिकारी
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र श्रीलङ्का जातीय हिंसाका कारणले लामो समयसम्म सर्वत्र चर्चाको शिखरमा रह्यो । प्रत्येक दुई वर्षमा हुनुपर्ने सार्क क्षेत्रीय शिखर सम्मेलनलाई पनि श्रीलङ्काको आन्तरिक युद्ध र राजनीतिक उतारचढावले नराम्ररी असर पारेको दृष्टान्त छ । श्रीलङ्काको आन्तरिक द्वन्द्व शान्त हुनुको सट्टा झन् चर्कंदै जानुले दक्षिण एसियाली मुलुकहरूको ध्यान गम्भीर रूपले आकर्षित गर्ने गर्दथ्यो । यस परिप्रेक्ष्यमा, दक्षिण एसियामा कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनमा आउने चुनौतीले गाँजेको श्रीलङ्काको आन्तरिक द्वन्द्व, सामाजिक तथा आर्थिक अस्तव्यस्तता र गरिबीका बाबजुद श्रीलङ्कन कम्युनिस्ट पार्टी ठूलै चुनौती झेल्नुपर्‍यो, गम्भीर प्रकृतिका जोखिमको सामना गर्नुपर्‍यो । यी चुनौतीका बाबजुद वर्गीय मुक्ति अभियानलाई जारी राखिरहनु कम्युनिस्टका लागि ज्यादै सुखद् पक्ष हो ।
पृष्ठभूमि
मूल रूपमा राजनीति र सामाजिक अर्थनीतिलाई लिएर सन् १९३५ मा ‘लङ्का समा समाजा पार्टीको गठन भयो । यो पार्टी बृहद् रूपमा सामाजिक तथा लोकतान्त्रिक मुद्दालाई प्राथमिक राजनीतिक मुद्दाका रूपमा विकास गर्‍यो । र, सङ्गठन विकासका क्रममा मार्क्सवादी अवधारणालाई अँगाल्दै अघि बढ्यो । समाजको आधारभूत वर्ग तथा राष्ट्रवादी शक्तिलाई अग्रिम मोर्चामा ल्याएर स्थापित गर्न यसले महत्वपूर्ण योगदान गर्‍यो । यो नै आजको विकसित श्रीलङ्कन वाम आन्दोलनको आधार थियो ।
सिलोन कम्युनिस्ट पार्टी रूपमा सन् १९४३ मा स्थापित श्रीलङ्कन कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले निरन्तरता हो । सन् १९६३ मा कम्युनिस्ट पार्टी लङ्का मा समाज पार्टी महाजना एकसाथ पेरामुनाको बीचमा संयुक्त वाम मोर्चा बन्यो । जब प्रधानमन्त्री भन्डारानाइकेले लङ्का समा समाजा पार्टी कम्युनिस्ट पार्टीलाई सरकारमा सहभागी हुन आह्वान गरिन्, तब संयुक्त वाममोर्चामा सन्तुलित निर्णय हुन नसक्दा गठित मोर्चागत सहकार्यभित्र विभाजन आयो । सरकारमा सहभागी हुने या नहुने भन्ने कुराले यहाँको संयुक्त मोर्चालाई विभाजनमा पुर्‍याएको दृष्टान्त श्रीलङ्कको वाम आन्दोलनबाट पाउन सकिन्छ ।
सैद्धान्तिक तथा वैचारिक आधार
शक्तिसम्पन्न छिमेकी राष्ट्रहरूको चेपुवामा परेको श्रीलङ्काले आन्तरिक जातीय द्वन्द्वलाई लामो अवधिसम्म व्यहोर्नु पर्‍यो । मूलतः यही कारणले वर्गीय श्रीलङ्काका जनता आजसम्म पनि वर्गीय शोषण तथा दमनको सिकार बनिरहनुपरेको छ । यी सबै सामाजिक विभेद, जातीय द्वन्द्व र समाजमा व्याप्त उत्पीडनलाई समूल अन्त्य गरेर समतामा आधारित समाज व्यवस्था निर्माण गर्ने मूल राजनीतिक अभिभाराका साथ श्रीलङ्कन कम्युनिस्ट पार्टी साम्यवाद, मार्क्सवाद-लेनिनवादलाई वैचारिक आधार स्वीकार गरेको छ । मार्क्सवादको अजेय शक्तिलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै एक क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा श्रीलङ्कन कम्युनिस्ट पार्टी स्थापित छ । र, तमाम राजनीतिक उपलब्धिसहित जनविश्वासका साथ अघि बढिरहेको छ ।
संसदीय अभ्यासमा
जातीय दल-दलमा फसेको यहाँको सामाजिक परिवेश र सामाजिक लोकतान्त्रीकरणको मुद्दालाई महत्वका साथ उठाउँदै आधारभूत वर्गको नेतृत्व प्रदान गर्दै आएको वामपन्थी आन्दोलनले संसदीय अभ्यासलाई मोर्चाको तहबाट श्रीलङ्काका वामपन्थीहरूले लामो समयदेखि प्रयास गरेको पाइन्छ । सन् २००४ मा श्रीलङ्कामा भएको संसदीय निर्वाचनमा श्रीलङ्कन कम्युनिस्ट पार्टी एक स्थान मात्र जीत हात पारेको थियो । प्छिल्लो संसदीय निर्वाचनमा भाग लिन समाजवादी गठबन्धन निर्माण भएको थियो । र, श्रीलङ्कन कम्युनिस्ट पार्टीको गठबन्धनमा आबद्ध भएर यसको राजनीतिक नेतृत्वसमेत प्रदान गरेको थियो । राष्ट्रिय राजनीतिमा यसको व्यापक अर्थ एवम् महत्व राख्ने परिणाम यही निर्वाचनले ल्यायो । यस निर्वाचनमा कम्युनिस्ट पार्टी पाँच सिट जित्न सफल भएको थियो । निकै लामो अवधिसम्मको संसदीय अभ्यासका बाबजुद नथिग्रिइसकेको जातीय द्वन्द्व, प्रत्यक्ष वा परोक्ष रूपमा रहेको वैदेशिक हस्तक्षेप र केही शक्तिहरूको परामुखापेक्षी मानसिकता आदिका कारण कम्युनिस्ट पार्टी अपेक्षाकृत लोकप्रियता आर्जन गर्न सकेन । फलतः संसद्मा बलियो पकड बनाउन पनि सकेको छैन ।
गृहयुद्ध र अन्त्यको नीति
मूलतः सामुदायिक पहिचानका निम्ति उठेको तामिल र सिंहलीबीचको द्वन्द्वले लामो समयसम्म सामाजिक द्वन्द्व हुँदै समयक्रममा मुलुक नै गृहयुद्धको चपेटामा फस्न पुग्यो । फलस्वरूप मुलुकको सामाजिक सन्तुलन बिग्रियो । जन-जनमा रहेको सद्भाव तथा सहिष्णुता टुट्यो । विकास निर्माण अवरुद्ध बन्यो । राजनीतिक अस्थिरता र अराजकता व्याप्त भयो ।
यस्तो अवस्थामा अनेक स्वार्थ लिएर विभिन्न देशी तथा विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिल्यो । यसकारण राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौभसत्तामाथि गम्भीर आँच पुग्यो । मुलुकको यस गम्भीर परिस्थितिलाई श्रीलङ्कन कम्युनिस्टहरूले मध्यनजर राखेर नीतिहरू अघि सार्नुपर्ने निष्कर्ष निकाले । श्रीलङ्काका मार्क्सवादी-लेनिनवादीहरू लामो समयदेखि सञ्चालित गृहयुद्ध बाह्य हस्तक्षेपबिना नै समाधान हुनपर्छ भन्ने पक्षमा थिए । कुनै पनि समस्याको उदयको कारण आन्तरिक हुन्छ र समाधान पनि वास्तवमा आन्तरिक रूपमा नै हुन्छ र हुनुपर्छ भन्ने मार्क्सवादी सिद्धान्त श्रीलङ्कन कम्युनिस्टहरूमा रहेको छ । राष्ट्रिय आन्दोलन र यसको मौलिकताले नै आफ्नो पक्षको विकास गर्छ भन्ने मान्यता श्रीलङ्कन कम्युनिटहरूमा रहेको पाइन्छ ।
जनसङ्गठनमा पहूँच
महिला, किसान, मजदुरलगायत सेवहारा श्रमजीवी वर्ग तथा समुदायको आन्दोलनलाई राजनीतिक नेतृत्व प्रदान गर्दै आएको श्रीलङ्कन कम्युनिस्ट पार्टीले युवा मोर्चा कम्युनिस्ट युवा फेडरेसन सेवाधिक प्रभावकारी रहेको छ । यो फेडरेसन विश्व प्रजातान्त्रिक युवा सङ्घको महत्वपूर्ण सदस्यका रूपमा क्रियाशील छ र विश्व प्रजातान्त्रिक युवा आन्दोलनलाई अघि बढाउन प्रतिबद्ध छ ।
हालै सम्पन्न महाधिवेशन
लामो अवधिसम्म सञ्चालित गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कन कम्युनिस्ट पार्टीले १९ औं महाधिवेशन अगस्त २७-२९, २०१० मा कोलम्बोमा सम्पन्न भएको छ । विगतमा रहेको द्वन्द्वको व्यवस्थापन र अस्तव्यस्त भएको समाजको समग्र विकासलाई प्राथमिक मुद्दा बनाएर बदलिँदो परिस्थितिमा देशको राजनीतिलाई कसरी नयाँ उचाइँमा लाने र वाम आन्दोलनलाई स्वस्थ राजनीतिक वातावरण कसरी प्रदान गर्ने भन्ने विषयमा महाधिवेशन केन्द्रित रह्यो । महाधिवेशनले यी विषयवस्तुलाई खूदिलो दस्तावेज बनाएको छ । र, एउटा सुखद् बिहानीको सङ्केत भित्रिएको सन्देश दिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको प्रतिनिधि राजनीतिक सङ्गठन नेकपा (एमाले) र श्रीलङ्काली जनताको अभिभावक राजनीतिक सङ्गठन कम्युनिस्ट पार्टीमार्फत श्रीलङ्काबीच लामो समयदेखि रहँदै आएको सुमधुर एवम् मित्रतापूर्ण सम्बन्ध रहेको सन्दर्भलाई जोड दिंदै गरिएको आमन्त्रणलाई स्वीकार्दै उक्त महाधिवेशनमा नेकपा (एमाले) लाई आमन्त्रण गरिएकोमा पार्टी तर्फबाट विदेश विभाग प्रमुख केपी ओलीले भाग लिनुभएको थियो । यसबाट दुई देशका कम्युनिस्ट पार्टी बीच नयाँ शिराबाट सम्बन्ध विस्तार भएको छ । यसैगरी नेता ओलीको श्रीलङ्का भ्रमणको सिलसिलामा भएको राज्यको उच्च ओहदाका व्यक्तित्वसूगको भेटघाटबाट दुई देशबीचको सम्बन्धमा समेत एउटा ईटा थपिएको छ । सार्कमा आबद्ध दुवै मुलुकले आगामी दिनमा लाभ लिन सक्ने कुरामा दुइमत नहोला ।
(अधिकारी नेकपा एमाले विदेश विभागका सदस्य हुन्)

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2797

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more