बुटवल/ यूथफोर्स रुपन्देहीका तत्कालीन जिल्ला सदस्य तथा एमाले कार्यकर्ता प्रचण्ड थैबको हत्याका आरोपित वाईसीएल रुपन्देहीका तत्कालीन अध्यक्ष सुजित बिकलाई प्रहरीले रुपन्देहीमा ल्याएको छ ।
काठमाडौं प्रहरीले रुपन्देही प्रहरीलाई अनुसन्धान र मुद्दाका लागि बिकलाई हस्तान्तरण गरेको हो । आरोपी बिकलाई एती एअरको शुक्रबार बिहान ९ बजेको उडानबाट भैरहवा ल्याईएको हो । भैरहवा विमानस्थलबाट बिकलाई सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइएको थियो ।
शुक्रबार दिउँसो जिल्ला ल्याइएको लगिएको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक शेर बहादुर बस्नेतले बताउनु भयो । यसअघि इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देही जिल्ला अदालत भैरहवामा थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्ने आदेश मागेको थियो । अदालतले सात दिनको म्याद थप गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो । बिकलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखि अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
शुक्रबार दिउसो केही समय जिल्ला प्रहरी कार्यालयमा राखीएका बिकले प्रहरी अधिकृतसँग आफुलाई पार्टीले फसाएको आरोप लगाएको एक प्रहरी अधिकृतले बताए ।
बिकमाथि २०६५ चैत १३ गते बुटवलमा एमाले कार्यकर्ता प्रचण्ड थैबको गोली हानी हत्या गरेको अभियोग छ ।
थैव हत्याका मुख्य अभियुक्त भनिएका बिकलाई काठमाडौ प्रहरीले बिहीबार सुन्धाराको एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more