Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

नेपाल प्रथम विवेकको राजनीतिज्ञ बन्ने चाहना

nepal-firstविवेकको सम्मानमा विशाल र्‍यालीः एभरेष्ट बोर्डिङ्ग स्कुल बुटवलबाट एसएलसी परीक्षामा सहभागी बनी २०६६ सालको नेपाल प्रथम भएका विवेक अधिकारीको सम्मानमा बुधबार स्कुलबाट निकालिएको विशाल र्‍यालीले नगरपरिक्रमा गरेको  थियो ।  र्‍यालीमा विवेकसंगै बुवा आमा र आफन्तजनलाई फुलमालाले स्वागत गर्दै शुभचिन्तकहरु । यस वर्ष एसएलसीमा नेपाल प्रथम भएको दावी गरिएका बुटवलका विवेक अधिकारीले भविष्यमा कुशल राजनीतिज्ञ बन्ने इच्छा जाहेर गरेका छन् ।  
नेपालमा कुशल राजनीतिज्ञको अभावले मुलुकमा पटकपटक अस्थिरता र संकट उत्पन्न भै अशान्ति छाएकाले आफु कुशल राजनीतिज्ञ बनी राष्ट
सेवक बन्ने प्रण लिएको उनले बताए । सामान्य घरपरिवारमा जन्मेका विवेकले कक्षा १ देखि ७ सम्मको अध्ययन कैलालीको टिकापुरमा रहेको अरनिको बोर्डिङमा, कक्षा ८ बुटवलको अक्सफोर्ड बोर्डिङमा र ९ र १० कक्षा बुटवलकै एभरेष्ट बोर्डिङ स्कुलमा अध्ययन गरेका हुन् ।
शैक्षिक बजारमा डाक्टर, इन्जिनियर बन्ने होडबाजीले आफूलाई घृणा लागेको उल्लेख गर्दै उनले राजनीतिशास्त्र, पत्रकारिता जस्ता विषयमा आफ्नो रूची रहेको र पारिवारिक स्थिति आनुसार भविष्यको लक्ष्य अगाडि बढाउने अठोट व्यक्त गरे ।
आफू नेपाल प्रथम भएको खवरले आगामी शैक्षिक यात्राका लागि थप चुनौती थपिएको बताउँदै विवेकले बाबुआमा र गुरूहरूको योगदानले आफूले सफलता हासिल गरेको बताए । एसएलसीलाई फलामे ढोका मानिएकोप्रति उनले यो कुनै फलामे ढोका नभै विद्यालय शिक्षाको निरन्तरता मात्र भएको बताए ।
पाल्पाको बाँसटारीमा आमा शारदा र बुबा विष्णुको कोखबाट २०५१ बैशाख १ गते जन्मेका ०४८५२७१ G सिम्बोल नं का विवेकले एसएलसीमा कुल ७४७ अंक ९३ दशमलव ३७ प्रतिशत ल्याएका छन् । उनको सम्मानमा विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले शिक्षाप्रति विद्यालयले गरेको लगानीको विवेकले सर्वोत्कृष्ट स्थान हासिल गरेपछि पूरा भएको बताउनुभयो ।
२०६० सालमा पनि एभरेष्ट बोर्डिङ स्कुलका विशाल खनालले नेपाल प्रथम भै यस क्षेत्रको शैक्षिक क्षेत्रमा महत्वपूर्ण टेवा पुर्‍याएकोमा यसवर्षपुनः विवेकले सर्वोत्कृष्ट हासिल गरेपछि शिक्षा क्षेत्रमा थप इटा थपिएको धारणा उहाँले राख्नुभयो ।
विवेकका बाबु विष्णुले आइकम र आमा शारदाले एसएलसी सरहको शिक्षा हासिल गरेका छन् । पाल्पाको बाँसटारीमा स्थायी घर भै बुटवलको सुख्खानगरमा डेरागरी बस्ने विवेकका बाबु विष्णु यातायात व्यवसायी हुन् भने आमा गृहणी हुन् ।
                                                                                                                                                   तस्वीरः यमलाल भुसाल/नयाँ भावना

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2797

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more