राष्ट्रिय स्तरको गायन प्रतियोगिता "भ्वाइस अफ टिन" को फाइनलमा बुटवलकी आकांक्षा बस्याल पर्न सफल भएकी छन् ।नेपाल टेलिभिजनको आयोजनामा संचालित उक्त प्रतियोगितामा बुटवलकी आकांक्षा दर्शक-स्रोताबाट
१५ हजार ९ सय ८२ भोट प्राप्त गर्दै फाइनलमा पुग्न सफल भएकी हुन् । १९ वर्षुनिका १२ हजार भन्दा बढी किशोर-किशोरीले भाग लिएको प्रतियोगितामाआकांक्षाले आफ्नो उत्कृष्ट गायन कला मार्फच निर्णायक र दर्शकस्रोताको मन जित्दै फाइनल यात्रा तय गरेकी हुन् । आकांक्षा सबैभन्दा कम उमेर १४ वर्ष की र एक मात्र महिला प्रतिनिधि हुन् । साउन १९ गते हुने फाइनलमा आकांक्षाले दाङका बेदु सारु मगर र बिराटनगरका विकेश के. शंकरसंग प्रतिस्पर्धा गर्नुपर्नेछ । नवलपरासीका सुरज पौडेल र पोखराका इनोक तामाङ टप फाइभबाट अघि बढ्न सकेनन् ।
सबैभन्दा बढी मत पाउने प्रतिस्पर्धी नै विजेता घोषित हुने प्रतियोगिताको विजेताले हिरोहोण्डा मोटरसाइकल सहित झण्डै ५ लाखको हाराहारीमा पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
एभरेस्ट बोर्डिङ स्कुल बुटवल कक्षा ९ मा अध्ययनरत एवं बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी समेत रहेकी आकांक्षाले फाइनलमा प्रवेश गरेपछि आफुलाई एसएमएसमार्फ मत दिने सबैलाई धन्यवाद दिदै फाइनलमा पनि विजयी गराउन अपिल गरेकीछन् । आकांक्षालाई भोट गरी विजयी बनाउन चाहनेले VOT-A टाइप गरी 2066 मा पठाउनु पर्दछ । भोटका लागि यही आउंदो बिहीबारसम्म जुनसुकै मोबाइलबाट एसएमएस गर्न सकिने आयोजकले जनाएका छन् ।
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more