बुटवल नगरपालिका वडा नं. ७, हाटबजारमा चाँदनी मसला उद्योगको नाममा कुटानी पिसानी गर्दै आएका ओमशंकर उमरलाई शुक्रबार प्रहरीले सामानसहित पक्राउ गरेको हो । गुणस्तरीय बेसार र मसला उत्पादन गरेको बताउँदै आएका उमरले बेसारमा चामलका कनिका मिसाएर उपभोक्तालाई ठगी गर्ने गरेको सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
बेसार र मसला गुणस्तरहीन उत्पादन गरी झण्डै चारसय रुपैयाँ प्रतिकिलोको रुपमा बेसार बिक्री गर्दै आएका उमरले उपभोक्तालाई २२ रुपैया पर्ने कनिका मिसाएर ठग्दै आएका छन् । कनिकासँगै उमरले अखाद्य रंगको पनि प्रयोग गर्ने गरेको उद्योगबाट बरामद सामान पश्चात रहस्य खुलेको हो ।
उमरलाई आइतबार नापतौल तथा गुणस्तरको कार्यालयका प्राविधिक टोली ल्याई अनुसन्धान गरिने गरी थुनामा राखिएको प्रहरी नायब उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो । बुटवल क्षेत्रमा थुप्रै मिलहरुले कुटानी पिसानी गरी मसला बेसार बिक्री वितरण गर्दै आइरहेका छन् ।
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more