Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

औद्योगिक क्षेत्रमा लगानी भएको २ सय ७० करोड सुरक्षितका लागि उद्योगीको माग

नयाँ भावना संवाददाता
बुटवल,भदौ १९/ बुटवल औद्योगिक क्षेत्र भित्र संचालन उद्योगहरुको २ सय ७० करोड लगानी सुरक्षी गर्न सरकारसंग उद्योगी व्यवसायीले माग गरेका छन् ।
उद्योगी व्यवसायीले बुटवल औधोगिक क्षेत्र भित्र संचालित उद्योगलाई सरकारी स्वामित्व रहेका बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह नगर्दा आफ्नो लगानी असुरक्षित भएको बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाले औद्योगिक क्षेत्र भित्र संचालनमा रहेका उद्योगलाई धितो स्वरुप स्वीकार नगर्दा लगानीमा समस्या देखिएको उद्योगीको गुनासो छ । सरकारले औधोगिक क्षेत्र भित्रका उद्योगको धितो बैंक तथा वित्तिय संस्थामा स्वीकार्य गराउनु पर्ने अन्यथा औद्योगिक क्षेत्रलाई नीजिकरण गर्नुपर्ने माग समेत गरेका छन् ।
उनिहरुले बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभाव भएको र बारम्बार माग गर्दा पनि उपलब्ध हन नसक्दा २ सय ४० वटा उद्योगीले औद्योगिक क्षेत्र भित्र जग्गा माग गरी दिएको निवेदन अलपत्र परेको गुनासो गरेका छन् ।
४ सय ३४ रोपनी जग्गामा रहेको बुटवल औद्योगिक क्षेत्रमा ७४ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योग मध्ये ४ वटा बन्द छन् भने ६ वटा निर्माणाधिन अवस्थामा रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष तिल प्रसाद भट्टराईले बताउनु भयो ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको १० औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनमा शुक्रबार बोल्ने उद्योगि व्यवसायीहरुले औद्योगिक क्षेत्रको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापनको र भवन तथा मेसिनरी उपकारण उद्योगिको भएकोले वित्तिय संस्थाबाट ऋण लगानी नहुँदा चालु पूजीको अभावले औद्योगिक विकासमा अवरोध भएको बताएका छन् ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकार तारानाथ गौतम, औद्योगिक क्षेत्र उद्योग महासंघका महासचिव,नन्दी किशोर बस्नेत, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका भोजराज विडारी घरेलु कार्यालयका तारा प्रसाद भट्टराई, उद्योगी व्यवसायी एजाज आलम, डा. रोहितराज क्षेत्री, श्री कृष्ण पोखरेल, लगायतले औधोगिक क्षेत्रमा अभाव रहेको जग्गा प्राप्तीका लागि सामुहिक प्रयास गर्नुपर्ने बताउनु भएको थियो ।
संघका अध्यक्ष तिल प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रेमनारायण खरेल एमालेका नन्दीकेशर ढकाल, एमाओवादीका निर्देष अली, संघका उपाध्यक्ष सूर्य कुमार श्रेष्ठ, सचिव राम प्रसाद बस्याल, महासचिव गणेश प्रसाद अधिकारी लगायतले औद्योगिक क्षेत्रलाई नीजिकरण गर्न माग गर्नु भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । नयाँ नेतृत्वका लागि ६२ जना मतदाता रहेका छन् ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more