जो अक्षरहरूमा टल्किन्छ
भाषणहरूमा मगमगाउँछ
चिप्लो कारमा हिँड्छ
मीठो सुरुवा मात्र खान्छ
यो शोषणको गन्धे रछ्यानमा उम्रिन्छ
थाङ्नेमाग्नेहरूको माझमा हुर्किन्छ
र तेजिला नायकको दिग्दर्शनमा
बजारिन पुग्छ
शोषकसँग, कालरात्रीसँग, अत्याचारी दर्शनसँग
चहक बाँड्दै , माटोको गीत गाउँदै
उसले भात-चन्दा माग्न सक्छ
साथ-आर्शीवाद माग्न सक्छ
तर गर्नै सक्तैन लुटपाट
त्यागमा जोखिम यात्रामा
सधैँसधैँ भेटिन्छ ऊ
दृढ पाइलामा विनय भावमा
जब ऊ हराउँछ आफ्नो गन्तव्य
गन्तव्य पुर्याउने दृष्टि
र आफ्नै उग्रताले प्रताडित हुन्छ
आफू अग्लिएको देख्छ
संसार होचिएको देख्छ
उम्लिन्छ बेतुकी सनकमा
लक्ष्यच्यूत क्रान्तिकारी
अपहरण काण्डका नाइके
हिंसाहत्याका अवाञ्छित ठेकेदार
प्रतिशोधका नायक झन्झन् उत्तेजक बन्छ
झन्झन् अराजक बन्छ
हेलै सनकको सगरमाथा पुग्छ ऊ
उत्तेजनाले पातालको भुइँ छुन्छ ऊ
उसको तराजुमा जीवन र मृत्यु समान तौलका हुन्छन्
मान्छे मासुका पोका † रगत र अङ्खोराको पानी
बराबर मूल्यका सनकले जब थिच्दै जान्छ क्रान्तिलाई
मूल्यहीनताले जब काख दिइरहन्छ क्रान्तिकारीलाई
क्रान्ति रूपान्तरित हुन्छ आतङ्कवादमा
जनता जिल्लिन्छन् क्रान्तिमार्ग अलमलिन्छ
जङ्गलमा डढेलो लाग्दा मृग भागेजस्तो
चिर्बिराउँदै पल्लो वनमा चरा हन्निएजस्तो
कुलेलाम ठोक्छ मानवता त्यहाँबाट
क्र्रूरताको सूर्योदय रक्तभञ्जनको फागूपर्व
अराजकताको खग्रास
सबैसबै आइलाग्छ त्यस भूगोलमा
बासुदेव अधिकारी
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2798
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more