Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना

भैरहवा माघ २४/ माओबादी द्धन्द कालमा बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैंकको रुपन्देही कोटीहवा स्थित शाखा कार्यालय पुनस्थापना गरीएको छ । स्थानिय सर्बसाधारणको माग बढदै गएपछी बैंकलाई पुनस्थापित गरीएको हो ।
रुपन्देही जिल्लाको मधवलिया गाबिस को कोटीहवामा रहेको बैंक तत्कालिन द्धन्दका समयमा ५८।५९ सालमा शान्ति सुरक्षाका कारण देखाउदै भैरहवाको शाखा कार्यालयमा गाभिएको थियो । पुनस्थापित बैंकको एक कार्यक्रमका बिच राष्ट्रीय बाणिज्य बैंक सञ्चालक समितीका अध्यक्ष नरहरी ढकालले उदघाटन गर्नु भयो । उहाले शाखा पुनस्थापना गर्दै राष्ट्रिय बाणिज्य बैंक राष्ट्रको लगानी रहेको बैंक रहेकाले आबश्यकता अनुसार अन्य ठाउमा शाखा बिस्तार गर्दै जाने बताउनु भयो । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले प्रतिष्पर्धाको समयमा अन्य बैंक बित्तिय सस्था खुल्ने क्रम बढीरहे पनि राष्ट्रिय बाणिज्य बैंकले नाफा कमाउनु भन्दा पनि जनताको चाहना अनुरुप कामगर्ने जनाउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीकृष्ण पौडेलले बैंकको पुनस्थापना पछी यस क्षेत्रका सर्बसाधारण लगायतलाई थप बित्तिय सेवा पुगेको उल्लेख गर्नु भयो । बैंक भैरहवामा बिस्थापित भए पछी त्यस क्षेत्रका सर्बसाधारण ,सरकारी तथा गैर सरकारी कार्यालय तथा  बिद्यालयहरुलाई सानो रकम निकाल्न र जम्मा गर्न सदरमुकाम भैरहवा जानु पर्ने बाध्यता रहेको थियो  । बैंक स्थापनाको पहीलो दिन ५० जनाले नँया खाता खोलेका छन् । बैंकको कोटीहवा शाखाबाट बचत संकलन,कर्जा प्रबाह,रेमिट्यान्स भुक्तानी सेवा तत्कालका लागी उपलब्ध हुने शाखा प्रबन्धक रामकृष्ण श्रेष्ठले बताउनु भयो ।
द्धन्दका क्रममा रुपन्देहीमा रहेका राष्ट्रिय बाणिज्य बैंकहरु मध्ये सुर्यपुरा शाखा र बुटवल औद्योगिक क्षेत्र रामनगरबाट बिस्थापित भएका दुर्इ शाखा अझै पुनस्थापित भएका छैनन भने केही बर्षअघि भैरहवा भन्सारको सुख्खा बन्दरगाहमा नँया शाखा सञ्चालन भएको थियो ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2798

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more