सम्पादकिय
उपभोक्ताको पीडा
उपभोक्ताको पीडा
Tuesday, 07 February 2012 07:34
यद्यपि उपभोक्ताको हित र संरक्षणका लागि यहाँ उपभोक्ता संरक्षण ऐन २०५४, संरक्षण नियमावली २०५५ क्रियाशील छ । ऐन नियम मात्र होइन यसलाई कार्यान्वयन गर्ने तहपनि छन् । त्यस्तै उपभोक्ताको संरक्षणकै लागि भनेर दर्जनौ संघसंस्था पनि क्रियाशील छन् तर उपभोक्ताको अवस्था भने दिनदिनै खस्कँदो छ । महँगीले उपभोक्ता पिल्सिएकै छन् । कालाबजारीले राज्यका समग्र संयन्त्रलाई ढपक्कै ढाकेको छ । यसो हुनुमा दण्डहीनता नै प्रमुख कारण हो । अहिलेसम्म एक दुर्इ उदाहरणलाई छाडेर भन्ने हो भने उपभोक्ताको अहितमा संलग्न हुनेलाई नियम कानुन अनुसार कारवाही भएको देख्न सुन्न पाइएको छैन । त्यसैले दण्डहीनता रोकथामका लागि राजनीतिक दलको प्रतिवद्धता भाषणमा मात्र नभएर व्यवहारमै प्रकट हुनु यतिखेरको आवश्यकता हो ।
जवसम्म राजनीतिक दलले आफूले गरेको प्रतिवद्धता व्यवहारमा उतार्दैनन् तबसम्म जतिसुकै नियम कानुन बनेपनि त्यसको कुनै अर्थ रहँदैन । जहाँ जसले जति नाफा खाए पनि, उपभोग्य सामग्रीमा जे मिसावट गरे पनि, उपभोक्तालाई हानी हुने जुनसुकै कदम उठाए पनि कुनै सजाय भोग्नु नपर्ने अवस्था सिर्जना भएकाले नै उपभोक्ताले यो पीडा भोग्नु परेको हो ।
कतिपय अवस्थामा उपभोक्ताको हितका लागि दत्तचित्त भएर लाग्नुपर्ने राजनीतिक व्यक्ति र सम्बन्धित निकायका कर्मचारीसमेत आफ्नो कुत्सित स्वार्थका कारण कालाबजारीयासँग मिलेर उपभोक्तालाई मर्कामा पार्ने कार्यमा संलग्न हुने गरेका छन् । यसतर्फ अब पनि ध्यान नदिए उपभोक्ता आफै आफ्नो अधिकार स्थापित गर्न लाग्नुपर्ने छ । यो विषयमा सरकार, स्थानीय निकाय, नागरिक समाज सचेत र सक्रिय हुनु जरुरी छ । सदैव उपभोक्ता मारमा पर्ने समस्या अन्त्य निश्चय पनि सहज छैन तर प्रयास गरे केही उपलव्धि हात लाग्न सक्छ । सरकारले जनतालाई राहत दिने हो भने उपभोक्ता अधिकारको ग्यारेण्टी गर्नु आवश्यक छ ।
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2799
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more