अन्तरराष्ट्रिय समाचार
इराक अव स्वतन्त्र
इराक अव स्वतन्त्र
इराक अव स्वतन्त्र
अव, हरेक खतराहरूसँग आफ्नै सेना लड्ने बताउँदै प्रधानमन्त्री मल्लिकीले इराकी सेना शान्ति सुरक्षा तथा सबै जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताएका छन् । उनले इराकी सेना आन्तरिक तथा बाहृय सबैखाले खतरासँग लड्न सक्षम रहेको पनि बताए ।
अघिल्लो दिन अगष्ट ३० मा इराकमा अमेरिकी सैन्य अभियान औपचारिक रूपमा अन्त्य भएपछि इराकी प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । यसै क्रममा इराकमा नै रहेका अमेरिकी उपप्रधानमन्त्री जो बाइडेनले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकी जनताको रक्षाको लागि अमेरिकी सेनाले वलिदान गरेको बताएका छन् । साथै, इराकी जनताहरू अमेरिकी सेनाप्रति ऋणी हुनुपर्ने पनि उनको भनाइ छ ।
राष्ट्रपति ओबामाले मङ्गलबार इराकमा सात वर्ष लामो आफ्नो सैन्य अभियानको समाप्तिसँगै यस्तो बताएका हुन् । उनले अव इराकको सुरक्षा जिम्मा उसले आफैँ लिनुपर्ने पनि बताएका छन् ।
उनले यसअघि नै अगष्ट महिनाको सुरूमा नै अगष्ट महिनाभरीमा आफ्नो सैन्य अभियान अन्त्य गराउने घोषणा गरेका थिए । अमेरिकी प्रशासनले सात वर्षदेखि इराकमा कायम राखेको सैन्य अभियान अगष्ट ३० अर्थात मङ्गलबारको दिनदेखि औपचारिक रूपमा अन्त्य गरेको हो ।
यद्यपी, इराकी सेनाको सहयोग तथा तथा प्रशासनिक सहायतका लागि ५० हजार अमेरिकी सेना इराकमा सन् २०११ सम्म रहनेछन् ।
| < Prev | Next > |
|---|
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more


