Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

एक्स्पो संघाईमा नेपाल दिवस


संघाई विश्व एक्स्पोमा शुक्रबार आयोजित नेपाल दिवसका अवसरमा नायक श्रीकृष्ण श्रेष्ठको नेपाली टोली साँस्कृतिक नृत्य प्रस्तुत गर्दै । साथमा उपप्रधान एंव परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्विरः सिन्हवा

हङकङ, भाद्र २० / संघाई विश्व एक्स्पोमा शुक्रबार नेपाल दिवसका अवसरमा आयोजित विशेष समारोहमा लुम्बिनीबाट लगिएको शान्तिदीप प्रतिस्थापन गरिएको छ । शान्तिदीपलाई हालै भैरहवा, बुटवल, पाल्पा, स्याङ्जा, वालिङ र पोखराको सडक बाटो हुँदै काठमाडौं हवाईमार्गबाट संाघाई पुर्‍याइएको हो । चीनको संघाईमा आयोजित विश्व एक्स्पोमा आयोजकले सहभागी प्रत्येक मुलुकका लागि एक विशेष दिन छुट्टयाइएका थिए । सोहीबमोजिम नेपालले एक्स्पो सुरु भएको १ सय २६ औं दिन 'नेपाल डे' (नेपाल दिवस) का अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमसहितको विशेष समारोह आयोजना गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको अगुवाइमा बिहान करिब ९ बजे एक्स्पोको मूलद्वारबाट  निस्किएको र्‍यालीले शान्तिदीपलाई करिब तीन किलोमिटरको दूरीमा रहेको नेपाल पेभिलियनमा पुर्‍याएको थियो । मन्त्री कोइरालाले मण्डलामा रहेको बुद्धमूर्तिसँगै शान्तिदीप प्रतिस्थापन गरेपछि घण्टा बजाएर नेपाल दिवसको समुदघाटन गरेकी थिइन् ।

एक्स्पो आयोजकलाई बधाई दिँदै मन्त्री कोइरालाले यहाँ निर्मित नेपाली मण्डला नेपाल र चीनबीचको ऐतिहासिक साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कोसेढुंगा सावित हुने बताइन् । संघाई विश्व एक्स्पोले नेपाललाई विश्वसामु चिनाउन योगदान पुर्‍याएको बताउँदै उनले पर्यटन वर्षलाई सफल पार्न यसले ठूलो भूमिका खेल्ने जनाइन् । समारोहमा कोइरालाले नेपालको जलविद्युत्मा लगानी गर्न चीन सरकार र चिनियाँ व्यवसायीलाई आह्वान गरिन् । नेपाल दिवसका अवसरमा चीन सरकारका तर्फबाट राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन उपमन्त्री झाओ बेइजीसहितको १५ सदस्यीय टोली सहभागी थियो  ।

समारोहमा मन्त्री झाओले एक्स्पोमा निर्मित नेपाल पेभेलियन नेपाल चीन सम्बन्धको नयाँ कडीका रूपमा रहेको बताइन् । कुनै पनि मुलुकको आर्थिक उन्नतिसँगै कला र संस्कृतिले पनि सम्पन्न हुनुपर्ने बताउँदै उनले नेपाल पेभेलियन त्यसैको नमुना भएको विचार पोखिन् ।

एक्स्पोमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबारै मन्त्री कोइरालाले नेपाली मण्डलाबारे लिखित पुस्तक र सिडी 'टेल्स अफ काठमाडौं' को विमोचन गरिन् । सार्क मुलुकका पेभिलियनहरू भ्रमण गर्ने योजना पहिले नै तय भए पनि मन्त्रीका अस्वस्थताका कारण स्थगन गरिएको चीनका लागि नेपाली राजदूत टंक कार्कीले बताए । मन्त्री कोइरालाले नेपाल पेभेलियनसँगैको चिनियाँ पेभेलियन भने अवलोकन गरेकी थिइन् ।

समारोहमा नायक श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा पुगेको दस सदस्यीय टोलीले  विभिन्न नेपाली परम्परागत साँस्कृतिक नृत्यहरू प्रस्तुत गरेको थियो । नेपाली कलाकारले प्रस्तुत गरेका नृत्यमा चिनियाँ मन्त्रीसहितको टोलीले सँगै नाचेर साथ दिएका थिए । शाक्यमुनि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट लगिएको शान्तिदीप एक्स्पोपश्चात चीनलाई उपहार दिइने  मण्डलाका निर्माण तथा सञ्चालक इम्प्िलमेन्टिङ एक्स्पर्ट ग्रुपका विनायक शाहले बताए । 'बेटर सिटी, बेटर लाइफ' नारा दिइएको सांघाई वल्र्ड एक्स्पोमा नेपालले प्राचीन वास्तुकलाका सम्मिश्रणसहित नेपाल अरनिको सेन्टरका नाउँमा काठमाडौं वसन्तपुर दरबार क्षेत्रको झल्को दिने मण्डला बनाएको छ । मे १ बाट सुरु भएको एक्स्पो अक्टोबर ३१ मा सकिनेछ ।


आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2799

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more