Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

उत्कृष्ट आठमा छानिइन् आकांक्षा

voiceofteen_season_1_2010_top_10बुटवल,असार १२/ राष्ट्रिय स्तरको गायन प्रतियोगिता 'भ्वाइस अफ टिन' मा बुटवलकी आकांक्षा बस्याल उत्कृष्ठ आठमा पर्न सफल भएकी छन् । १९ वर्षु निका १२ हजार किशोर किशोरीले भाग लिएको उक्त प्रतियोगितामा छनोट भएका ३ सय ७२ जनामध्ये आकांक्षा विभिन्न चरणमा उत्कृष्ट हुदै निर्णायकबाट टप टेनमा छनोट भएकी थिइन् ।
एभरेस्ट बोर्डिङ स्कुल बुटवलमा कक्षा ८ मा अध्ययनरत आकांक्षा टप टेनपछि दर्शकस्रोताको भोटको आधारमा 'टप एटमा' परेकी हुन् । उत्कृष्ठ आठ जना मध्ये १० हजार भन्दा बढी भोट प्राप्त गरेकी आकांक्षा चौथो स्थानमा रहेको प्रतियोगिता संचालकले जनाएका छन् । उनीसंगै नवलपरासी दाउन्नेका सुरज पौडेल पनि 'टप एटमा'  परेका छन् ।
दुबैजना बागेश्वरी संगीतालय बुटवलका विद्यार्थी हुन् । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार राति साढे ९ बजे र पुनः प्रशारण आइतबार दिउसो साढे १ बजे हुने उक्त गायन प्रतियोगितामा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने यी दुई मात्र हुन् । सुमधुर स्वरकी धनी आकांक्षालाई बुटवल,भैरहवा,लगायत रुपन्देहीसंगै देशका विभिन्न स्थानबाट भोट प्राप्त भएको थियो । यो प्रतियोगिताका प्रतियोगी मध्ये आफूलाई मनपरेको कलाकारलाई शुक्रबार रातिदेखि बिहीबार दिउसो २ बजेसम्म एस‌‌.एम.एस को मार्फत भोट दिन सकिन्छ ।
आकांक्षालाई भोट दिन चाहनेले ख्यत Vot (Space) A टाइप गरी 2066  मा सेन्ड गर्न सकिन्छ । यसैबीच आकांक्षालाई प्रतियोगिताको विजेता बनाई बुटवलको गरिमा उचो बनाउन  बुटवलका विभिन्न संघसंस्था र संगीतप्रेमीहरुले आर्थिक संकलन र प्रचारप्रसार जस्ता अभियान चलाएको बागेश्वरी संगीतालयका अध्यक्ष सुरेश सेन्चुरीले बताए । दर्शक स्रोताबाट सबैभन्दा बढी एस‌‌.एम.एस  मार्फत भोट प्राप्त गर्ने प्रतियोगि नै विजेता बन्छ । यसअघि राष्ट्रियस्तरको नृत्य प्रतियोगितामा पनि बुटवलकै सोनु घिमिरे अत्यधिक मत अन्तरले विजेता बनेकी थिइन् ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2799

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more