Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

रोकिएको सैन्य सहयोग सुचारु गर्ने विषयमा भारत सकारात्मक

काठमाडौ पुस ५/ विगत लामो समयदेखि रोकिएको सैन्य सहयोग सुचारु गर्न भारत सकारात्मक देखिएको छ ।
नेपालका उपप्रधान तथा रक्षामन्त्री विजयकुमार गच्छदार र उनका भारतीय समकक्षी एके एन्टोनी विच आज भएको बन टु वन र द्धिपक्षीय औपचारिक बार्ताको क्रममा रोकिएको सैन्य सहयोग सुचारु गर्न भारत सकारात्मक भएको हो ।
छलफलको क्रममा भारतीय रक्षामन्त्री एन्टोनीले नेपाली सेना र भारतीय सेनावीच परम्परागत घनिष्ठ सम्बन्ध रहेको, नेपाली सेनाका सेनापति भारतीय सेनाको र भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ सेनापति हुने परम्परा रहेको भन्दै नेपाली सेनाको विकासमा  भारत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।
भारतले सैन्य सहयोग तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा रोकेको थियो भने पछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सुचारु गर्ने तयारी भएको भए पनि माओवादीको अवरोधले रोकिएको थियो ।
सो अवसरमा भारतीय पक्षले नेपालमा दिगो शान्ति स्थापनाकोलागी सहयोग गर्न भारत तयार रहेको भन्दै शान्ति र संविधान निर्माणको कार्य अवरुद्ध भएको प्रति चासो राखेको थियो । प्रत्यूत्तरमा गच्छदारले नेपालको शान्ति र संविधान निर्माण कार्य समयमै सम्पन्न गर्ने गरी अगाडि बढेको जानकारी दिएका थिए । उनले रक्षामन्त्री एन्टोनीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । एन्टोनीले उपयूक्त समय मिलाएर नेपाल आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
द्धिपक्षीय औपचारिक बार्तामा नेपालका तर्फबाट गच्छदार सहित गृहमन्त्रालयका सहसचिव शंकरप्रसाद कोइराला, आजीपी रविन्द्र प्रताप शाह, भारतकालागी नेपाली कार्यबाहक राजदुत खगनाथ अधिकारी, शसस्त्र प्रहरीका एआईजी दोर्जे राई, नेपाली सेनाका उपरथी दमन घले सहभागी थिए भने भारतको तर्फबाट रक्षामन्त्री एके एन्टोनी, रक्षा सचिव शशीकान्त शर्मा भ्वाईस चिफ अफ आर्मी जनरल एसके सिह र नेपालकालागी भारतीय राजदुत जयन्त प्रसादको उपस्थिति रहेको थियो ।
त्यसपछि गच्छदार र भारतीय सेनाका स्थल सेनाध्यक्ष भीके सिहवीच पनि भेटवार्ता भएको थियो । सेनाध्यक्ष सिंहले गच्छदारलाई नेपाली भाषामै बोलेर स्वागत गरेका थिए । सिहले स्वागत छ तपाईलाई भारतमा भनेका थिए । उनले भाषाको कारण पनि नेपाल र भारतवीचको सम्बन्ध अझै आत्मीय बनेको प्रतिक्रिया नेपालीमै दिएका थिए । गच्छदारले पनि  नेपालीमै तपाईसँग धेरै भेट भएर होला  आत्मीयता झनै बढेको छ । भेटमा भारतमा गोरखा सेनाको हित अभिबृद्धि र नेपाल सेनाको सुदृढिकरणको विषयमा पनि कुराकानी भएको थियो ।
आजै गच्छदार रक्षामन्त्री एन्टोनीले दिएको रात्री भोजमा सहभागी हुने छन् भने राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2800

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more